एमसीसी उपाध्यक्ष सुमारलाई मेटमणि चौधरीको पत्र, नेपाललाई अनुदानमा दिने रकम सडकमा सुत्ने अमेरिकि जनताको सेवामा खर्च गर


बुटवल – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् लुम्विनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले अमेरिकी सहयोग परियोजना एमसीसी सैन्य रणनीति भएको दाबी गर्दै फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले एमसीसीको ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका ५ लाख अमेरिकी जनताको सेवामा खर्च गर्न सुझाव दिएका छन् ।

एमसीसी इन्डोनेसियादेखि प्रशान्त महासागर प्रयोग गरेर चिनलाई घेर्न अमेरिकाले बनाएको योजना भन्दै यो स्वीकार्न नसकिने बताएका छन् । चौधरीले लेखका छन्, ‘हामी कुनै पनि राष्ट्रको सैन्य रणनीतिमा संलग्न हुँदैनौं, सबैसँग पञ्चशीलको आधारमा समान व्यवहार गर्दछौं तर तिम्रो उपस्थितिले हामीलाई तिमीमा संलग्न हुन बाध्य बनाँउछ । यसैले तिम्रो उपस्थिति नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंलग्न नीति मान्ने राष्ट्रका जनता हौं ।’ तिम्रो देश बाहिरबाट हेर्दा जति समृद्ध देखिन्छ । नजिकबाट हेर्दा धेरै खराब र दयालाग्दो देखिन्छ । प्रत्येक रात ५ लाख जनताहरू सडकमा कागज ओढेर सुतिरहेका छन् । नेपालमा त्यस्तो मान्छे एक जना नि छैन । नेपालको जनसंख्याभन्दा करिब दोब्बर ५ करोड ६० लाख जनताहरू गरिबीको रेखामुनि छन् । लाखौँ अमेरिकीहरू दिनमा २ डलर मात्रै कमाई गर्दछन् । यसबाट १ बोतल पानी, ६ वटा अन्डा र १ वटा बर्गरमा बाँच्‍न बाध्य छन् ।’

प्रतिक्रिया