अध्यक्ष नेपाल र पाकिस्तानका राजदूत शाहबीच भेटवार्ता


काठमाडौं – नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष तथा पूर्व(प्रधानमन्त्री माधवकुमार नेपाल र मित्रराष्ट्र पाकिस्तानका राजदूत साइद हाइदर शाहबीच भेटवार्ता भएको छ ।

हिजो (सोमबार) साँझ नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा दुई पक्षीय आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो । पूर्व(प्रधानमन्त्री नेपालले यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

नेपालका लागि पाकिस्तानका राजदूत साइद हाइदर शाहले नेपाल र नेपाली जनतासँग पाकिस्तानको पुरानो मित्रवत सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा पाकिस्तान सरकारको सहयोग हुने उनको भनाइ छ ।

आगामी दिनमा नेपालका विभिन्न क्षेत्रको विकासका लागि सहकार्य गर्ने र सम्बन्ध थप उचाईमा पुग्ने विश्वास समेत ब्यक्त गरे । नेपाल र पाकिस्तानबीच सास्कृतिक, सामाजिक सम्बन्ध रहेको र आफ्नो कार्यकालमा थप उचाईमा पुग्ने उनको तर्कछ ।

उनीहरुबीच नेपालको समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया