प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग दर्ता


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग दर्ता भएको छ ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आज बिहान महाअभियोग दर्ता गरेका हुन् ।

संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाअभियोग दार्ता गरेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए ।

मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश  राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।

राणाविरुद्ध नेपाल बारले आजदेखि पुनः आन्दोलन सुरू गरेको थियो । प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता हुनेबित्तिकै पदबाट निलम्बित हुने प्रावधान छ । यद्यपि उक्त प्रस्तावलाई संसदमा दुईतिहाइले स्वीकृत वा अस्वीकृत गर्नुपर्छ।

 

प्रतिक्रिया