
ओमानसँग टस जितेर बलिङ गर्दै नेपाल
काठमाडौं – चार देशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले ओमानसँग टस जितेर बलिङ गर्दैछ ।
नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो । अल अमिरात क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालका युवा स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवले सिनियर टोलीबाट डेब्यु गरेका छन् ।
अर्को हप्तादेखि ओमानमै सुरु हुने टी–२० विश्व कप छनोटको तयारीका रूपमा नेपालले खेल खेलिरहेको छ । सन्दीप लामिछानेको कप्तानीमा यो पहिलो खेल हो । अहिले नेपाली टोलीमा १७ खेलाडी छन् । आउँदो शुक्रवारदेखि सुरु हुने टी–२० विश्व कप छनोटमा १४ सदस्यीय टोली हुनेछ ।



कागजपत्र |
