कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै


काठमाडौं – नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बिहीबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बिहीबार बसेको कार्यसम्पादन समिति बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा प्रवेश गर्न सभामुखले रोक्न नपाउने बताएका थिए ।

‘सरकारको तर्फबाट पेस भएका विधेयकहरू छलफल संसदमा  गर्नुपर्छ । महत्वपूर्ण प्रस्तावहरू अन्य प्रस्तावहरू आउँछ त्यो विशेष सदनमा प्रवेश गराइदिने । उहाँले यो प्रवेश गराउँछु, यो गराउन्न भन्न उहाँले मिल्दैन । यो विषय उहाँले प्रवेश गराउनुपर्छ,’ उनले भनेका थिए ।

उनले एमसीसी संसदमा छलफल भए बहुमतबाट पास हुने दाबी गरे ।

प्रतिक्रिया