फिफा वरीयतामा दुई स्थान माथि उक्लिए नेपाल र अर्जेन्टिना


काठमाडौं –  फिफा वरीयता क्रममा दुई स्थान माथि उक्लिएको छ। विश्व फुटबलको सर्वोच्च संस्था (फीफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताक्रम अनुसार नेपाल १६७ औं स्थानमा उक्लिएको छ।

यसै महिना दशरथ रंगशालामा नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दुवै खेलमा नेपाल १-० ले विजयी भएको थियो। त्यही जितका आधारमा नेपालको वरीयता सुधार भएको हो।

नयाँ वरीयतामा बेल्जियम पहिलो, ब्राजिल दोस्रो र फ्रान्स तेस्रो स्थानमा कायमै छन्। त्यस्तै अर्जेन्टिना भने पाँचौं स्थानबाट चौथो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया