महाधिवेशन गर्न दबाव दिँदै नेविसंघको मौन धर्ना


काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) ले महाधिवेशन गर्न दबाव दिँदै पार्टी पदाधिकारीलाई झण्डा बुझाएको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ बिहीबार पार्टी कार्यालय सानेपामा मौन धर्ना सहित झण्डा बुझाएको हो । केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघि महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा बुझाएर महाधिवेशनको लागि दबाद दिएको हो ।

सडकमा लाम बनाएर नेविसंघको झण्डा बनाई नेताहरुलाई बुझाइएको नेविसंघ आर आरका नेता अशोक बिष्टले बताए । पाँच वर्षसम्म नेविसंघको महाधिवेशन हुन नसकेकोले दबाब दिन लागेको उनले बताए ।

नेविसंघलगायत म्याद सकिएका भ्रातृ संस्थाहरूको महाधिवेशनको लागि नेतृत्वलाई दबाब दिन विद्यार्थी मौन धर्नामा बसेका छन् । नेपाली कांग्रेसको विधान कार्यान्वयन गर्न दबाब दिन विद्यार्थी नेताहरूले बिहीबार मौन प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया