आफू खुशी उम्मेदवार घोषणा गर्ने-गराउने कार्य नगर्न कांग्रेसको अपिल (विज्ञप्ति सहित)


काठमाडौं – स्थानीय तहको चुनावको मिति घोषणापछि कांग्रेस अघार्खाँची सन्धिखर्क नगर कार्यसमितिका सभापति बाबुराम भुसालले पार्टीका नेता–कार्यकर्तालाई आफूखुशी उम्मेदवार घोषणा गर्ने/गराउने कार्य नगर्न अपिल गरेका छन् ।

चुनावको मिति घोषणा भएपछि पार्टीका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जाल र चोकमा बसेर उम्मेदवारी घोषणा गर्न थालेपछि सभापति भुसालले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा छलफल र परामर्श विना आफूखुशी उम्मेदवार घोषणा गर्ने/गराउने कार्य नगर्न अपिल गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘लोकतान्त्रिक पद्धतिमा आफ्नो चाहनाअनुसार उम्मेदवारी प्रस्तुत गर्नु अस्वाभाविक नभए पनि पार्टीको विधि र नियमलाई सबै नेता तथा कार्यकर्ताहरूले पालना गर्दा स्वयं र संस्थाका लागि लाभदायक हुनेछ । तथापी आफ्नो उम्मेदवारीको चाहनालाई नेपाली कांग्रेसको वडा कार्यसमिति तथा नगर कार्यसमितिसँग सरसल्लाह नगरी सामाजिक सञ्जाल वा चोकमा बसेर उम्मेदवारी घोषणा गर्दा र गराउँदा हाम्रो पार्टीका निष्ठावान कार्यकर्ताहरूको मनोबलमा कमी आउन गई संस्था कमजोर हुने सम्भावना रहन्छ ।’

पार्टी हितविपरीतका क्रियाकलापहरू गरेको पाइएमा अनुशासनको कारवाही गर्न नगर कार्यसमिति बाध्य हुने व्यहोरा विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रतिक्रिया