कमल थापालाई पशुपति शमशेर राणाले जे भने…


काठमाडौं – ‘उहाँको धेरै गुनासाहरु सार्वजनिक भइसकेको थियो । तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ,’  यो भनाई हो, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति समशेर जबराको ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय पदाधिकारी बैठकअघि उनले केही दिन अघि पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापालाई उक्त कुरा भनेका हुन् । कमल थापालाई पार्टीमा फर्किन अनुरोध गर्दै उनले भने– ‘यो अनपेक्षित घटना हो, दुःख लाग्दो कुरा हो । आगामी निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । तपाई पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ ।’

थापाले धैर्य र छलफल नगरेर गलत कदम लिएको समशेर दुखेसो छ । पार्टी परित्यागको घोषणा राप्रपाको लागि निकै दुःखद घटना भएको भन्दै उनले थापालाई पार्टीमा फर्किन आग्रह गरे ।

निर्वाचनको समय नजिँकिदै गर्दा पार्टी परित्याग गर्नु राम्रो निर्णय नरहेको पूर्वअध्यक्ष समेशरले बताए ।

प्रतिक्रिया