तोकिएको समयअगावै प्रतिबन्ध हटाउने वेलायती प्रधानन्त्रीको घोषणा


एजेन्सी – वेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै कोरोनाविरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताएका छन्। उनले बुधबार उक्त घोषणा गरेका हुन्।

वेलायतमा आगामी मार्च २४ सम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरु लगाइएको छ। तर‚ त्यसअगावै सबै प्रकारका प्रतिबन्धलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा प्रधानमन्त्री जोनसनले बताए।

वेलायत सरकारले अहिले पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिन मात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको उनले बताए। प्रधानमन्त्री जोनसनले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडविरुद्धका प्रतिबन्धहरुमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराए।

प्रतिक्रिया