मार्क्सले त सबैलाई धनी बनाउने समाजवादको कुरा पो गर्‍या हुन् : बाबुराम भट्टराई


काठमाडाैँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) का पक्षमा वकालत गर्ने क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निरन्तर नेपालका कम्युनिस्ट पार्टीहरूको आलोचना गरिरहेका छन्।

बुधबार मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत आधा दर्जन कम्युनिस्ट पार्टीले एमसीसीको विरोध गर्दै संसद् भवनअगाडि नारा–जुलुस गरेका थिए।

त्यसैलाई संकेत गर्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. भट्टराईले राति सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका हुन्।

‘विभिन्न कपा (कम्युनिस्ट पार्टी) का कण (कमरेड) हरू देशलाई गरिबै बनाइराख्न उफ्रेको देख्दा यिनले सर्वहारा भनेको गरिब भन्ठानेको र कपाको अस्तित्व निम्ति गरीबी कायमै राख्न तम्सेको बुझियो’, डा. भट्टराईले भनेका छन्, ‘मार्क्सले त पुँजीवादले थोरैलाई धनी र धेरैलाई गरिब बनाउने हुनाले सबैलाई धनी बनाउने समाजवादको कुरा पो गर्या हो! यिनलाई कसरी बुझाउने?’

प्रतिक्रिया