किन भयाे होटल याक एन्ड यतिको इजाजत खारेज ?


काठमाडौँ – राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोको इजाजत पत्र र पाँच तारे वर्गीकरण रद्ध गरिएको छ। राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटक-पटक ताकेदा गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएका हुन्।

बुधबार मन्त्रीस्तरीय निर्णयले याक एण्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजत पत्र र होटलस्तर वर्गीकरण प्रमाणपत्र रद्ध गरिएको हो। मन्त्रालयले २०४८ पुस २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो। पर्यटन मन्त्री आलेले रोयल्टी, इजाजत नवीकरण दस्तुर लागयतको रकम कानुन बमोजिम होटलले दाखिला नगरेका कारण इजाजत रद्ध गरेको बताए।

आर्थिक वर्ष २०७६र०७७ सम्मको बाँकी बक्यौता, आर्थिक वर्ष २०७७र०७८ को इजाजतपत्र नवीकरण दस्तुर, २०७८र०७९ को रोयल्टी दस्तुरसमेत गरी ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुन अनुसार क्यासिनो सञ्चालन इजाजतपत्र र होटलस्तर वर्गीकरण प्रमाणपत्र रद्ध गरिएको गरिएको आलेले बताए।

प्रतिक्रिया