

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ ।
१०२ वर्षीय जोशी छाती दुखेपछि मंगलबार दिउसो ललितपुरस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा पुगेका हुन् ।
अस्पताल स्रोतका अनुसार जोशीलाई क्याबिनमा राखेर उपचार भइरहेको छ । अक्सिजनको लेभल केही घटेपछि जोशीको कोभिड-१९ को पीसीआर गर्न स्वाब पठाइएको छ ।
स्वास्थ्य अवस्थालाई लिएर डराउनुपर्ने अवस्था नभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

