कांग्रेस पदाधिकारीको बैठक बस्दै


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ।

पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने सहभागी हुने छैनन्।

देउवा व्यस्त भएपछि उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ। कार्यसम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको बताइएको छ।

 

प्रतिक्रिया