गोदावरी नगरपालिकाको कार्यालयबाट हुने सेवा भोलि बन्द


काठमाडौं – ललितलपुरको गोदावरी नगरपालिकाको कार्यालयबाट हुने सेवा भोलि आइतबार बन्द हुने भएका छन् ।

नगर कार्यपालिकाको नवनिर्मित भवनको भोलि वास्तुशास्त्र अनुसार वास्तुपूजा हुने भएकाले कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द रहने नगरपालिकाको सूचनामा उल्लेख छ ।

वडा कार्यालयबाट प्रवाह हुने सेवा भने नरोकिने नगरपालिकाले जनाएको छ । २०७५ सालको असोजमा भवनको शिलान्यास भएको थियो ।

प्रतिक्रिया