
उखुबारीमा शव फेला प्रकरणः ३ जना पक्राउ, हत्यामा भारतीय अपराधी प्रयोग
काठमाडाैं – मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्तीनजकि उखुबारीमा गाडेको अवस्थामा फेरा परेका २ जनाको हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार अनिल कुमार मण्डलाई महानरीय अपराध महाशाखाले पक्राउ गरेर मोरङ अनुसन्धानका लागि पठाएको छ भने मोरङमा अन्य २ जना पक्राउ परेको प्रहरीले जनाएकाे छ ।
उनीहरुले भारतीय अपराधिक समूह प्रयोग गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । ललितपुरमा शव फेला परेका ललितपुरको धापाखेलमा व्यवसायी तेह्रथुम घर भइ पेप्सीकोला बस्दै आएका मोहन लिम्बु र मोरङमा शव फेला परेका दुवै जनाले धेरै व्यक्तिहरुसँग पैसा दोब्बर गरिदिने भन्दै पैसा असुल गरेको समेत खुलेको प्रहरीले जनाएकाे छ ।
काठमाडौंबाट पक्राउ परेका अनिलकुमार मण्डल र उनीहरुबीच लेनदेनको विषयमा विवाद भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।अपराध महाशाखाका अनुसार लिम्बुको शव पहिला अनिलकुमारले गोदामका लागि लिएको भाडाको घरमा गाड्न खोजिएको तर पालास्टर बलियो भएका कारणले बाहिर गाडेको अनिलले प्रहरीलाई बताएका छन् ।
उनकै सूचनाको आधारमा प्रहरीले आज ललितपुरको गोदावरी नगरपालिका–१२ थापाखेलमा प्रमेश थापा मगरको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । ‘अनितलकुमार मण्डले दिएको सूचनाको आधारमा प्रहरीले खाल्डोमा रहेको शव फेला पारेको हो,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरसँग भने ।



कागजपत्र |
