निको भइसकेपछि पनि किन देखिन्छ पीसीआर रिपोर्ट पोजिटिभ ?


काठमाडौं – कोभिड १९ को संक्रमण भएकाहरूमा लामो समयसम्म पीसीआर रिपोर्ट भने पोजिटिभ देखिने गरेका घटना धेरै छन् । पहिलो र दोस्रो लहरको संक्रमणमा धेरैमा देखिएको यो समस्या तेस्रो लहरमा आएर पनि प्रशस्तै देखिएको छ ।

शारीरिक रूपमा स्वास्थ भइसकेका र कुनैपनि लक्षण बाँकी नरहेपनि पीसीआर रिपोर्ट भने पोजिटिभ देखिनुले अरूलाई संक्रमण सर्छ भन्ने त्रास रहिरहन्छ ।

कोभिड १९ को भाइरस सामान्यत: मानिसको शरीरमा १० दिनमा निष्क्रिय हुन्छ भन्ने यसअघिका अध्ययनहरूले देखाएका थिए । यही आधारमा सरकारले संक्रमितका लागि आइसोलेसन अवधि न्यूनतम १० दिन तोकेको थियो । यो अवधि तेस्रो लहरमा आएर ७ दिनमा झारिएको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार शरीररमा भाइरस निष्क्रिय भइसके पनि कतिपय व्यक्तिको पीसीआर रिपोर्ट भने पोजिटिभ देखिनसक्छ । यसको कारण भाइरस निष्क्रिय भइसके पनि शरीरमा संक्रमण गराउने जिनका पार्टिकल्सहरू भने रहिरहन्छन् ।

प्रतिक्रिया