एकै दिन ८ लाखभन्दा बढी नेपालीले लगाए कोरोनाविरुद्धको खोप


काठमाडौं- बुधबार एकै दिन आठ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्।

सरकारले माघ २ गतेदेखि बुस्टर डोज दिन सुरु गरेको थियो। हालसम्म लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्।

प्रतिक्रिया