

अस्ट्रेलियामा थप ४० हजार नयाँ सङ्क्रमित थपिए

क्यानबेरा – अस्ट्रेलियामा बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ ।
राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यु साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अस्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो ।
तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार जनाएको छ ।

