
विषयगत समितिको नेतृत्व चयन गर्दै मधेश प्रदेश
जनकपुरधाम – मधेश प्रदेशमा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरुको सभापति चयन प्रक्रिया सुरू गरिएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना प्रकाशित गरी प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको पद सभापति चयनका उम्मेदवारी दर्ताका लागि आह्वान गरेका हुन् ।
जारी सूचनामा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ मा सोमवार विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समयावधि तोकिएको छ ।
प्रमुख प्रतिपक्षी दलका प्रदेश सभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने कानूनी व्यवस्था रहे पनि उम्मेदवारी दर्ताका लागि आह्वान गरिएको हो ।



कागजपत्र |
