
११० किलो लागुऔषध गाँजासहित १ जना पक्राउ
काठमाडौं – मकवानपुर प्रहरीले ११० किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
सोमबार इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका-५ बाट स्थानीय ३६ वर्षीय रामकुमार प्रजालाई नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको तथा उक्त गाँजा ओसरपसारमा संलग्न रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
