नारायणहिटी संग्रहालयको कार्यकारी निर्देशकमा सुरेश श्रेष्ठ


काठमाडौं – सरकारले नारायणहिटी दरबार संग्रहालयको जिम्मा पुरातत्वविद् सुरेश श्रेष्ठलाई दिएको छ ।

नारायणहिटी परिसरमा रेष्टुराँ सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणमा मुछिएपछि संग्रहालयका तत्कालिन प्रमुख भेषनारायण दाहालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। उक्त पदमा पुरातत्वविद् सुरेश श्रेष्ठलाई ल्याइएको हो ।

यसअघि नारायणहिटी दरबार संग्रालय समितिले संग्रालय भित्र रेष्टुरा संचालनका लागि आनन्द बतासलाई ठेक्का दिइएको थियो । उक्त ठेक्का गलत प्रयोजनले दिइएको भन्दै संस्कृति पर्यटन मन्त्री प्रेम आले सहितको टोलीले उक्त क्षेत्रमा बतास समुहले निर्मान गरेको भौतिक संरचना भत्काएका थिए् ।उक्त ठेक्का छानविन समितिले ठेक्का प्रकृया गलत रहेको निष्कर्षसहितको प्रतिवेदन दिएको तीन साता बितिसक्दा पनि कारबाही प्रकृया भने अगाडी बढेको छैन ।

पर्यटन मन्त्री आलेले ठेक्का प्रकृयामा दोषी पाइए कारबाही गर्ने बताउँदै आउको छ । तर, प्रतिवेदन अनुसार कारबाही प्रक्रिया भने अघि बढेको छैन ।

उता, पशुपति धर्मशालाको ठेक्का सम्झौता पनि रद्द नभएको पाइएको छ ।

प्रतिक्रिया