सेनाले माग्यो ६८ मेडिकल कर्मचारी


काठमाडौं – नेपाली सेनाको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्नाका लागि आवेदन खुलाएको छ ।

अस्पतालले सबैभन्दा बढी स्टाफ नर्स ५०, बिएन/बिएस्सी नर्स १०, एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ ।

पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा र बिएन/बिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्ने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार २० माघभित्र दरखास्त दिइसक्नुपर्नेछ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया