दुधको मूल्य १३.१७ प्रतिशतले बढाउने सरकारको निर्णय


काठमाडौं – सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।

सरकाले दुधको मूल्य हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।

प्रतिक्रिया