कर्णाली प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित


सुर्खेत – कर्णाली प्रदेशसभाको सोमबारका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार विशेष कारणवश आज १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

प्रदेशसभाको अर्को बैठक मंगलबार १ बजेका लागि बोलाइएको छ । दलहरुबीच बैठक सञ्चालनबारे छलफल भइरहेको छ ।

अहिले नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल, नेकपा माओवादी केन्द्रका दलका नेता महेन्द्रबहादुर शाही र नेपाली काँग्रेस दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाही छलफलमा जुटेका छन् ।

प्रतिक्रिया