
तेजस्वी प्रकाश बनिन् बिग बस–१५ को विजेता
काठमाडाैँ – भारतीय टीभी रियालिटी शो बिग बस सिजन–१५ काे विजेता तेजस्वी प्रकाश बनेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार प्रतीक सहजपाल फस्ट रनरअप भए। तेजस्वीले ट्रफीसँगै ४० लाख रुपैयाँ (भारतीय) पुरस्कार पाएकी छन्।
यस सिजनको टप ४ मा करण कुन्द्रा र निशान्त भट्टले आफ्नो स्थान बनाएका थिए। तर निशान्तले अप्सन दिएकामा १० लाख रुपैयाँ दिएर शो छाडे।



कागजपत्र |
