कोरोनाका कारण बुवाआमा गुमाएका बालबालिकालाई भत्ताकाे लागि विवरण माग


काठमाडाैं – कोरोना महामारीका कारणका बुवाआमा गुमाएका बालबालिकालाई मासिक भत्ता दिनको लागि काठमाडाैं महानगरपालिकाले विवरण माग गरेको छ ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको आमाबुवा दुवै गुमाएका बालबालिकालाई मासिक तीन हजार रुपैयाँका दरले मासिक भत्ता दिने निर्णय कार्यान्वयनको लागि काठमाडाैं महानगरपालिकाले वडा कार्यालयहरुबाट विवरण माग गरेको हो । महानगरपालिकाले विवरण भर्नुपर्ने ढाँचा पनि पठाएको छ ।

विवरणमा बालबालिकाको जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र, बुवा आमा दुवैको मृत्युदर्ताको प्रमाणपत्र, बुवाआमा दुवैको मृत्यु कोरोनाकै कारण भएको भन्ने अस्पतालबाट प्रमाणित कागजात र सम्बन्धित वडाको सिफारिसपत्र संलग्न हुनुपर्नेछ ।

राजेन्द्र पाण्डे मूख्यमन्त्री बनेपछि वाग्मती प्रदेश सरकारले काेराेनाका कारण बुवाआमा दुवै गुमाएका बालबालिकालाई मासिक तीन हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया