भेरोसेल लगाएकालाई बुस्टरका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिइने


काठमाडौँ – सरकारले कोरोनाविरुद्ध भेरोसेल खोप लगाएका नेपालीलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड खोप दिने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने तयारी गरेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले भेरोसेलको दुवै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने तयारी भएको जानकारी दिएका छन्।

कोरोनाविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ।

विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो मात्रा कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया