सार्वजनिक स्थलमा मजाक(प्राङ्क) गर्नेलाई गृह मन्त्रालयकाे कडा चेतावनी


काठमाडौं – गृह मन्त्रालयले सार्वजनिक स्थलमा अरुको मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क) गर्नेमाथि कारबाहीको चेतावनी दिएको छ ।

मजाक/ ख्यालठट्टाको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने पाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न सचेत गराएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अनुमति बिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराउँदै त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट गरिएको छ ।

प्रतिक्रिया