दक्षिण सुडानमा जातीय दंगा, ३२ जनाको मृत्यु


काठमाडौं – दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जाति बीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए ।

सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए । यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदाय बीचमा समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया