चार्टर्ड उडानमा बढी भाडा तिरेका यात्रुलाई सात दिनभित्र विवरण दिन सरकारको आग्रह


काठमाडौं – सरकारले अघिल्लो वर्ष भएका चार्टर्ड उडानमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुलाई सात दिनभित्र विवरण दिन सरकारको आग्रहमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण माग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार बढी भाडा तिरेका यात्रुले आफ्नो विवरण खुलाएर मन्त्रालयको इमेलमा जानकारी दिन आव्हान गरेको हो ।

मन्त्रालयले भनेको अन्तर्राष्ट्रिय यात्रु चार्टर्ड उडानमा बढी भाडा तिर्न बाध्य भई मर्का परेका महानुभावहरुले आधिकारिक कागजातसहति सात दिन भित्र निवेदन इमेल गरि छानविन कार्यमा सहयोग पर्‍याउन अनुरोध गरेको छ ।

सरकारले चार्टर्ड उडानमा भएको अनियमितता बारे छानविन गर्न छानविन समिति गठन गरेको छ । कोभिड १९ को संक्रमणको पहिलो चरणमा लकडाउन भएपछि विदेशमा अलपत्र व्यक्तिलाई फर्काउन अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिएको थियो ।

प्रतिक्रिया