टेकु अस्पतालमा आजदेखि खोप अभियान फेरि सुरु


काठमाडौँ – काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ। यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगन गरिएका थियो।

तर काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी ९काठमाडौ० बाट जनशक्ति व्यवस्थापन भएपछि आज पुनः खोप लगाउने कार्यक्रम थालिने भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार आज बिहान १० बजे नियमित खोप कार्यक्रम सुरु गरिनेछ।

प्रतिक्रिया