चीनले अमेरिकी नागरिक बोक्ने उडानहरु स्थगन गर्ने निर्णय गरेपछि…


वासिंगटन – कोभिड १९ को असुरक्षाको कारण चीनले अमेरिकी नागरिक बोक्ने उडानहरु स्थगन गर्ने निर्णय गरेको छ । यसकाे प्रत्युत्तरमा अमेरिकाले आफूले संयुक्त राज्य अमेरिकाबाट चिनियाहरु लिएर चीनतर्फ उड्ने तरखरमा रहेका ४४ वटा उडान स्थगित गर्ने जनाएको छ ।

अमेरिकी यातायात विभागले लस एन्जेल्सबाट चीनको सियामेन तर्फका सियामेन एयरलायन्सका उडानहरु आगामी ३० जनवरीदेखि स्थगित हुने जनाएको छ । तिनीहरुको उडान २९ मार्चमा मात्र पुनः सुचारु हुने बताइएको छ ।

अमेरिकाको यो निर्णयका कारण सियामेन लगायत एयर चाइना, चाइना साउडर्न एयरलायन्स र चाइना इस्टर्न एयरलायन्सको उडानहरु रोकिने भएका छन् । यसअघि चीन सरकारले ३१ डिसेम्वरमा केही यात्रुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै युनाइटेड एयरलायन्सका २०, अमेरिकन एयरलायन्सका १० र डेल्टा एयरलायन्सका १४ वटा उडान रोकेको थियो ।

मंगलवार मात्र अमेरिकी यातायात विभागले चीन सरकारले हालै अन्य केही नयाँ उडान पनि रद्ध गरेको जनाएको थियो । अमेरिकाको वासिंगटन स्थित चिनिया दूतावासका प्रवक्ता लिउ पेन्ग्युले चीनले निष्पक्ष, खुला र पारदर्शी तरिकाले चिनिया र विदेशी एयरलायन्सहरुलाई समानढंगले अन्तर्राष्ट्रिय यात्रुवाहक उडान नीति अपनाएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया