उपत्यकामा घरबाहिर निस्किँदा खोप कार्ड अनिवार्य


काठमाडौं – उपत्यकामा माघ ७ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू हुँदैछ। तर विहिबार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गर्दै नागरिकहरुलाई घरबाहिर निस्किँदा पनि कार्ड अनिवार्य गरेका छन्।

माघ ७ गते मध्यरातदेखि लागू हुने आदेशमा भनिएको छ, ‘घरबाट बाहिर निस्किँदा अनिवार्यरुपमा खोप कार्ड (मोबाइलमा भए पनि हुने) राख्ने।’ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै प्रशासनले नयाँ आदेश जारी गरेको हो।

प्रतिक्रिया