खराब मौसमका कारण आन्तरिक उडान प्रभावित


काठमाडौं – खराब मौसमका कारण आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । आज (बिहीबार) बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा हिमपातका कारण भिजिविलिटी कम हुँदा उडान प्रभावित भएको हो ।

मौसममा आएको खरावीका कारण तराई क्षेत्रका तीन वटा र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् ।

त्रिभुवन विमानस्थलका अनुसार विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् ।

काठमाडौंको अवस्था ठीक रहेको छ भने जनकपुर, नेपालगञ्ज, चन्द्रपुर, सुर्खेत, पोखरा र तुम्लिनटार विमानस्थलको अवस्था सामान्य रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया