शुक्रबारदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य


काठमाडौं – कोरोना भाइरस संक्रमण जोखिम बढ्न थालेपछि सरकारले शुक्रबारदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्न यो व्यवस्था गरेकाे हाे  ।

काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिहरुको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकाहरुलाई खोपका लागि अभिप्रेरित गर्ने माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको जानकारी दिए । खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार कार्डलाई आधारको रुपमा लिइएको पनि उनले बताए ।

जिल्ला प्रशासनले जारी गरेको आदेशको पालना नगरेमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पनि उनले चेतावनी दिए । उनले भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया