
काँग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण
काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनासँग मिल्ने लक्षण देखिएपछि मेडिसीटी अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
शर्माका अनुसार ८ महिनापछि फेरि सपरिवार संक्रमित भएका हुन्।
उनी हाल चिकित्सक परामर्शमा होम आइसोलेसनमा बसेर औषधि सेवन गरिरहेका छन् ।



कागजपत्र |
