कर्मचारीलाई कोरोना संक्रमण भएपछि प्रशासन कार्यालय नवलपरासी एक हप्ताका लागि बन्द


नवलपरासी – जिल्ला प्रशासन कार्यालय नवलपरासी एक हप्ताका लागि बन्द गरिएको छ ।

कर्मचारीहरूमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको हो ।

अधिकृतसहित २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक काम बाहेक नागरिकता, नागरिकताको प्रतिलिपि, पासपोर्ट र राष्ट्रिय परिचय पत्रका काम माघ ९ गतेसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी सूचनामा उल्लेख छ ।

पछिल्लो पटक कोरोना संक्रमण दर बढ्दै गएको छ । १५ दिनअघि शून्यजस्तै रहेको जिल्लामा अहिले दैनिक १० देखि १२ जनामा पोजेटिभ देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । हाल जिल्लामा ८३ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया