मोटरसाइकलको ठक्करले महिलाको ज्यान गएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ। महिलाको मृत्यु भएपछि आफन्तहरुले पूर्व-पश्चिम राजमार्गको बलिया सडक खण्ड अवरुद्ध पारेका छन् । आइतबार साझ पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा लम्कीचुहा ४ बलिया मिलडाडा बस्ने ५५ बर्षिया मनसरा जैशीको मृत्यु भएको हो ।

जैशीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल चालक लम्कीचुहा १ का राजन चाैधरिले र से६ प ८७८६ नम्बरकाे माेटरसाइकल इलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

प्रतिक्रिया