
चाँडपर्वले एकताको सन्देश दिनुपर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना
काठमाडाैँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा रहेका चाडपर्वले हाम्रो देशलाई सुपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकाे बताएका छन् । ‘हामी नेपालीबीच मनाइने यी र यस्ता पर्वले संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गरी सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देश दिन सक्नु पर्दछ,’ तिमिल्सिनाले शुभकामना सन्देशमा भनेका छन् ।
माघी, मकर संक्रान्ति, माघे संक्रान्ति र किराँत संवत्को नयाँ वर्षले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्दै आरोग्य जीवन प्राप्तिको कामना पनि उनले गरेका छन् । माघे संक्रान्ति, माघी पर्व, तिलुवा संक्रान्ति, मकर संक्रान्ति, किराँत येले संवत्को नयाँ वर्ष आज मनाइँदैछ । आजको दिन तिलको लड्डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ ।



कागजपत्र |
