घूससहित पक्राउ परेका उपसचिव भ्रष्टाचारी ठहर


काठमाडौं – विशेष अदालतले घूससहित पक्राउ परेका एक उपसचिवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उपसचिव लिला अधिकारीलाई दोषी ठहर गरेको हो ।

बूढानीलकण्ठ नगरपालिका कार्यालय काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका अधिकारी ५ लाख घुससहित पक्राउ परेका थिए । अधिकारीलाई अख्तियारको टोलीले २७ चैत २०७४ मा पक्राउ गरेको थियो । अधिकारीविरुद्ध २३ वैशाख २०७५ मा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उनीसँगै पक्राउ परेका नगरपालिका इन्जिनियर विजेन्द्र श्रेष्ठलाई पनि अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

उनीहरूले बूढानीलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिजर्भ वायर पानी ट्याङकी निर्माण कार्य सम्पन्न गरेपश्चात् कार्य अनुभवपत्र लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।

विद्युत् प्राधिकरणको ललितपुर सब स्टेसन प्रमुख घुससहित पक्राउ नेपाल विद्युत् प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सब–स्टेसन पाटनका प्रमुख १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । ललितपुर सब–स्टेसनको प्रमुखका रूपमा कार्यरत सुपरभाइजर पाँचौं तहका सोमप्रसाद पहाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया