धादिङमा पहिरोले पुरिएर डोजरसहित ३ जना बेपत्ता


काठमाडौं – धादिङमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका छन् । धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहका अनुसनर आज बिहान साढे आठ बजे पहिरो गएको र तीन जना पुरिएको छ । दुर्घटना भएको खबर आउनासाथ उद्धारको लागि टोली परिचालन गरिएको उनले जानकारी दिए । दुर्घनामा परि चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भन्ने खबर आएको र विस्तृत विवरण आउन बांकी रहेको एसपी सिंहले बताए ।

 

प्रतिक्रिया