काजकिस्तान संकटः ९ हजार जनालाई जेल चलान, नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी


नुर सुल्तान – काजकिस्तानमा अशान्ति बढिरहेका बेला सरकारले साढे नौ हजारलाई पक्राउ गरी कारागार चलान गरेको छ ।

इन्धनमा मूल्य बृद्धिपछि गत साता भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उनीहरुलाई पकाउ गरी थुनामा राखेको हो ।

राष्ट्रपति कस्याम जोमार्ट टोकायेभले सरकारविरुद्धकाे हिंसात्मक पर्दशनलाई कु प्रयास बताउँदै आएका छन् । राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दै आजै नयाँ प्रधानमन्त्री चुन्ने तयारी छ ।

प्रदर्शनमा अन्य क्षेत्रीय देशहरु, अफगानिस्तान, मध्यपूर्वबाट आएका मुस्लिम अतिवादीले प्रदर्शनमा सुरक्षाकर्मीमाथि हमला भएको बताए । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १६ सुरक्षाकर्मी र २०० प्रदर्शनकारी मारिएका थिए ।

प्रतिक्रिया