प्रधानमन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।
बुधबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको थियो। तर सोही अध्यादेशअनुसार संवैधानिक परिषदको बैठक डाकीसकेका ओलीलाई प्रचण्डले भेट गरी बैठक बोलाउनुको कारण सोध्ने बताइएको छ।
परिषदको बैठकपछि बालुवाटारमा मन्त्रिपरिषदको पनि बैठक डाकिएको छ। उक्त बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्ने बताइएको छ।