प्रश्नोत्तर अभ्यासले बालबालिकाको शैक्षिक क्षमता बढाउछ : अध्ययन


काठमाडौं– बालबालिकामा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ । पढाइका अतिरिक्त अन्य समयमा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीको शैक्षिक क्षमतामा नाटकीय र आश्चर्यजनक तरिकाले वृद्धि भएको अध्ययनकर्ताको निष्कर्ष छ ।

प्रश्नोत्तर अभ्यास धेरै गर्ने र नगर्ने विद्यार्थीका बीचमा तुलना गर्दा धेरै गर्नेको शैक्षिक प्रस्तुति राम्रो भएको पाइएको हो । प्रश्नोत्तर अभ्यास गर्ने गरेका विद्यार्थीहरुले चाँडो चाँडो प्रतिक्रिया दिने, सक्रिय देखिने र प्रस्तुति पनि राम्रो हुने गरेको अध्ययनकर्ताले बताएका छन् ।

इओवा स्टेट युनिभर्सिटिको मनोविज्ञान विभागका वरिष्ठ सदस्य मार्कस क्रेडीले पनि अध्ययनले रोचक अवस्था देखाएको बताए । कक्षा कोठामा जोड दिनेभन्दा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीको प्रस्तुति प्रभावकारी भएको जानकारी दिए ।

उनीले झण्डै एक हजार विद्यार्थीमा प्रश्नोतर अभ्यास र उनीको शैक्षिक क्षमताबीचको सम्वन्धका बारेमा अध्ययन गरिएको पनि जानकारी दिएका छन् । अध्ययनकर्ताले हरेक विद्यार्थी तथा बालबालिकालाई प्रश्नोत्तर अभ्यास धेरै गराउन पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया