उखु किसानले पाउने भए बक्यौता, श्रीराम सुगरमिलले भोलीदेखि खातामा हालिदिने


काठमाडौं – श्रीराम सुगर मिलले उखु किसानलाई तिर्नुपर्ने रकम खातामा जम्मा गरेको जनाएको छ ।

नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशीकान्त अग्रवालले मिलले तिर्नुपर्ने किसानको रकम बैंक खातामा जम्मा गरिसकेको प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बताएका हुन् ।

किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा मिलले भोलि (शुक्रबार)देखि नै किसानको खातामा पठाउन थाल्ने अग्रवालले बताए ।

श्रीरामले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी छ । अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको अग्रवालले बताए ।

उखु किसानहरु बक्यौता रकम असुल गरिदिन माग गर्दै काठमाडौं आएर माइतीघर मण्डलामा धर्ना र प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रिया