कोरोना कहरपछि पहिलोपटक सुरू भयो दिल्ली उडान


काठमाडौं – कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल-भारत हवाई उडान ९ महिनामा आज सुरू हुँदैछ ।

कोभिड–१९ का कारण बन्द रहेको हवाई उडान एयर बबल ट्राभल सम्झौताका आधारमा खोल्न दुवै देश सहमत भएपछि आज नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान गर्दैछ ।

नेपाल एयरलाइन्सले साढे ११ बजे दिल्लीका लागि उडान गरे पनि एयर इण्डियाले भने डिसेम्बर २७ बाट मात्रै उडान गर्ने जनाइएको छ ।

नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको थियो । भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो ।

भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत २१ मुलुकसँग दुईपक्षीय उडान सम्झौता गरिसकेको छ।

हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाका दुई वटा नियमित उडान हुनेछन् । केही समयपछि उडान संख्या बढाउँदै लाने तयारीसमेत भएको उनले जनाए ।

दिल्ली(काठमाडौँ नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न अप्ठ्यारो हुँदै आएको थियो ।

प्रतिक्रिया