नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन, प्रतिवेदन तयार गर्न तीन दिनको समय


काठमाडौं – नारयणहिटी दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् । बिहीबार मन्त्रीस्तरको निर्णयले समिति गठन गर्न भनेको हो ।

समितिलाई तीन दिनको म्याद दिई रायरसुझावसहितको प्रतिवेदन तयार गर्न मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिक्रिया