माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना 


काठमाडौं – नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो ।

कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइर संक्रमण भएपछि  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार (आजै)बाट भेटघाट बन्द गरेका छन् ।

कार्यालयका सबैलाई कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आईसोलेशनमा बस्न लागेका हुन् ।

 

प्रतिक्रिया