
आयोगले तोकेको भन्दा बढी शुल्क नलिन विद्यार्थीहरुद्वारा खबरदारी
काठमाडौं – चिकित्सा शिक्षा अध्ययनका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै बुधबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीले काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘आयोगके नियम कार्यान्वयन गर, अतिरिक्त शुल्क खारेज गर, विद्यार्थी लुट्न पाइँदैन, विद्यार्थीको भविष्य सुनिश्चित गरजस्ता नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिन खबरदारी गरेका थिए ।



कागजपत्र |
